नारायणहिटीमा हिटलरको कारदेखि बेलायती महारानीको बग्गीसम्म प्रदर्शनीमा राखिने

Posted on: 22 Dec, 2019

पुस, ६ काठमाडौँ | नारायणहिटी संग्रहालयमा हिटलरले उपहार दिएको कार, बेलायत र नेपालमा मात्र रहेको बग्गी र पुराना सवारी साधनलगायतका सामाग्री प्रदर्शनीमा राखिने भएको छ  |

संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले नेपाल भ्रमण वर्ष सन् २०२० को अवसरमा ती सामाग्री प्रदर्शनीमा राख्ने तयारी भइरहेको जानकारी दिए | उनका अनुसार भ्रमण वर्ष शुरु भएको केही महिनाभित्र कार्यविधि निर्माण गरी ती सामग्री प्रदर्शनीमा राखिने छ |

हिटलरको उक्त कार पूर्वराजपरिवारले प्रयोग गरेको थियो भने बेलायती महारानीले दिएको बग्गी तत्कालीन राजाहरुले विशेष समारोहमा चढ्ने गरेका थिए |- यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् |







यस बिषयमा तपाइको प्रतिक्रिया...!