केपी शर्मा ओली डटकममा अश्लील सामग्री !

Posted on: 16 Feb, 2020

फागुन ४, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीका नामबाट खोलिएको वेबसाइट दुरुपयोग भएको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । 

उक्त साइटमा पोर्न भिडियो कहाँबाट कसले अपलोड गर्यो भन्ने खुल्न सकेको छैन । केपी शर्मा ओली डटकममा अश्लील सामग्री राखिएको बारे सरकारले अनुसन्धान तीव्र बनाएको छ । सुरुमा प्रधानमन्त्री ओलीको व्यक्तिगत जानकारी समेटिएको वेबसाइट लामो समयदेखि दुरुपयोग भएको पाइएको छ । 

सरकारले दुई वर्षअघि पोर्न साइटलाई प्रतिबन्ध लगाएको थियो । प्रधानमन्त्रीकै नामको डोमेनमा भने सयौँ पोर्न भिडियो अपलोड भएका छन् । प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अली प्रधानमन्त्रीका नाममा डोमेन दर्ता गरेर कसैले दुरुपयोग गरेको स्वीकार गर्छन् । 

‘प्रधानमन्त्रीका नाममा डोमेन दर्ता गरेर गलत काम गर्ने व्यक्तिको खोजी भइरहेको छ । यस विषयमा प्रहरीसँग समन्वय गरेका छौँ,’ उनी भन्छन्, ‘डटएनपी भए हामी सिधै बन्द गर्न सक्थ्यौँ तर डटकम भएकाले सम्भव छैन ।’ यो डोमेन साधारण व्यक्तिको नाममा नभएर प्रधानमन्त्रीको नाममा छ । 

- यो साइटमा पोर्न भिडियो अपलोड हुँदा प्रधानमन्त्रीसँगै देशकै बदनाम भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!