लोकमानको महाअभियोग प्रस्तावको निर्णयमा कांग्रेस न्यायाधीश बन्ने

Posted on: 28 Oct, 2016

कात्तिक १२, कात्तिक । नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले अख्तियार प्रमुख लोकमानसिंहविरुद्व संसद्मा पेस गरिएको महाभियोग प्रस्तावको निर्णयमा काँगे्रस न्यायाधीश भएर उभिने बताएका छन् । 

उनले नेपाली कांग्रसले जे निर्णय गर्छ त्यहीँ हुने भएकाले संसद्मा पेस भएको महाभियोग प्रस्तावबारे काँगे्रसले सत्यतथ्य निर्णय गरेर आफ्नो मत जाहेर गर्ने र त्यही नै निर्णायक बन्ने बताए । 

नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता महतले महाभियोग प्रक्रिया अघि बढ्ने तर हचुवाको भरमा कसैलाई फसाउन पनि नहुने र कोही पनि भ्रष्टाचारीलाई मुक्ति दिन नहुने बताए । 

उहाँले मधेसको मुद्दालाई समाधान गर्न, संविधान संशोधन गर्नका लागि काँगे्रस र माओवादीको सरकार बने पनि प्रधानमन्त्री दाहालले काँगे्रसलाई बाइपास गरेर एकलौटी निर्णय गरेको बताए । 

मधेसको मुद्दालाई सम्बोधन गर्न र संविधान संशोधनका लागि सबैको सहमति आवश्यक रहेको उनले बताए । उनले भने– “अहिलेको महत्वपूर्ण काम मधेस आन्दोलनको सम्बोधन हो । तर यो काम काँग्रेसले मात्र गरेर हुँदैन । एमाले पनि सहमत हुनुपर्छ । सरकारको पहल प्रर्याप्त भएको छैन् ।” 

युनियनका जिल्ला सभापति बिक्रम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा उनले स्थानीय तहको पुनःसंरचनाको विषयमा गम्भीर रुपले काम नभएको बताउँदै गम्भीर रुपले पहल भए मात्र स्थानीय निर्वाचन हुनसक्ने र संविधान कार्यान्वयनमा सहज हुने बताए । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!