सरसफाई मन्त्रीमा कालिकोटका सिंह, आजै पदबाहर ग्रहण

Posted on: 19 Jan, 2017


दलसिंह गिरी/माघ ६, कालिकोट । कुनै ब्यक्ति जो जहा जसो पनि होलान तर राज्यले सधै उपेक्षित गरिएको कर्नालीबाट आज फेरी एक जना नेताले बर्तमान सरकारको मन्त्री बन्ने अवसर प्राप्त गर्नु भएको छ । 

२०६२।०६३ को जनआन्दोलन पश्चात २ मन्त्री बन्न सफल कालिकोट जिल्लाका एक चकलेटी नेता प्रेमबहादुर सिंह आज फेरी मन्त्रि बन्ने अवसर प्राप्त गर्नु भएको हो । बामपन्थी धारबाट राजनीति सुरु गर्न भएका नेता करिब २० बर्षको अधिमा चौथोपटक मन्त्री बन्न सफल हुनु भएको छ । 

कालिकोट जिल्ला आदानकु जन्म घर हुनु भएका नेता सिंह फेरी मन्त्रिपदमा चुनिनु भएको छ । दुई पटक कानुनमन्त्री एक पटक खानेपानी तथा सरसफाइ मन्त्री समेत बन्नु भएका सिंह यतिबेला पनि फेरी खानेपानी तथा सरसफाई मन्त्रीको पद हात पार्नु भएको हो ।

नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदूर किसान पार्टीबाट वामपन्थी राजनीति शुरु गर्नुभएका सिंह पञ्चायतकालमा कर्नालीमा राम्रै वामनेताको छवि बनाउनु भएको थियो । तत्कालिन मजदुरकिसान पार्टी छाडेर माले हुदै एमालेमा सामेल हुनु भएका सिंह २०५३ सालमा एमालेका तर्फबाट कानुन मन्त्रीबनिसक्नु भएको थियो । 

एमालेमा रहदा कर्नालीमै एमालेको संगठन विस्तारको श्रेय समेत प्राप्त गर्नु भएका सिंह हाल आफ्नै समाजवादी जनता दल पार्टी खोली पार्टीको नेतृत्व गरिरहनु भएको छ । आफ्नै पार्टी खोलेर समानुपातिक निर्वाचन प्रणालीको फाइदा लिन सफल सिंह ०६४ र ०७० दुबै निर्वाचनमा आफूलाई सांसद हुन पुग्ने करीव २५ हजार मत देशभरमा जुगाड गर्न सफल भई, दुबै पटक मन्त्रीपदको सफलता मिलेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!