अार.अार. क्याम्पसमा विद्यार्थी संख्याकाे विवाद टुंगियो, कुन तह कति मतदाता ?

Posted on: 24 Feb, 2017

प्रज्वल पाैडेल । फागुन १३,काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचनकाे लागि प्रकाशित रत्नराज्य लक्ष्मी क्याम्पस काठमाडौंकाे मतदाता नामावलीकाे विवाद टुङ्गिएकाे छ ।

बिहिबार निर्वाचन समिति र विद्यार्थी संगठनका प्रतिनिधिकाे बैठक बसि स्नातकोत्तर र स्नातक तहका विद्यार्थीकाे नाम रूजुगरि अन्तिम मतदाता नामावली तयार पारिएकाे हाे । विद्यार्थी संगठनले प्रकाशित नामावलीमा त्रुटि रहेकाे भन्दै क्याम्पस प्रशासन र निर्वाचन समितिकाे कार्यालयमा लगाएकाे ताला विवाद टुङ्गिएसँगै खुलेकाे छ । त्रिभुवन विश्वविद्यालयकाे स्ववियु निर्वाचनमा रत्नराज्य लक्ष्मी क्याम्पसमा ३५८२ जनाले मतदान गर्न पाउने निर्वाचन समितिले जनाएकाे छ ।

कुन तहमा कति विद्यार्थी ?

स्नातकोत्तर तह ( प्रथम र द्वितीय बर्ष)

नेपाली - ७४

अग्रेंजी - ६०३

अर्थशास्त्र -३०९

समाजशास्त्र ६७८

जनसंख्या - २८

पत्रकारिता ८२

जम्मा - १७७४

स्नातक तह ( प्रथम द्वितीय र तृतीय बर्ष)

प्रभातिय -११५९

दिवा - ४९४

सन्ध्याकालिन -१५५

जम्मा- १८०८

काे-काे बसे विद्यार्थी संगठनका प्रतिनिधि 

अनेरास्ववियु - एकराज कडेँल

नेविसंघ - उत्तम बहादुर साउद

अखिल (क्रान्तिकारी) - नरेश रेग्मी 

नयाँ शक्ति विद्यार्थी युनियन - अनिश पन्त 

समाजवादी विद्यार्थी फाेरम, नेपाल- प्रकाश चाम्लिङ 

अखिल (क्रान्तिकारी) - विपिन अधिकारी 

स्ववियुकाे निर्वाचन तालीका प्रकाशित भएसँगै विद्यार्थी संगठन अा-अाफ्नाे प्यानललाइ विजयी गराउन लागि परेका छन् । अहिलेसम्म अनेरास्ववियु, अखिल (क्रान्तिकारी) प्रचण्ड र नयाँ शक्ति विद्यार्थी युनियनले उम्मेदवारकाे घाेषणा गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!