'जनयुद्धका नाममा प्रचण्डले गलत गर्दै व्यक्तिगत फाईदा लिए'

Posted on: 30 Mar, 2017

चैत १७, सल्यान । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सुवास पुनले अहिलेका प्रधानमन्त्रीले गल्तीगर्दै जनयुद्धका नाममा धेरै पटक फाईदा लिएको आरोप लगाएका छन । 

जनयुद्ध गर्छु भन्दै, गर्दै, भ्रममा पार्दै व्यक्तिगत फाईदा लिएका प्रचण्डले अहिले विप्लवले जनयुद्ध गर्दैछन भनेर प्रधानमन्त्री बनेर फाईदा लिएको राप्ती व्युरो ईन्चार्ज समेत रहेका सुवासले आरोप लगाएका हुन । 

सल्यान पार्टीको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले अहिलेको स्थानिय निकायको चुनावलाई कथित भएकोले यो निर्वाचनले प्रचण्डलाई सिध्याउने बताएका हुन । विचारलाई जनताका लागि सरल बनाउदै कम्युनिष्ट पार्टीको महाधिवेशनले एकीकृत क्रान्तिको विकास गरेको भन्दै सुवासले स्थानिय चुनाबलाई खारेज गर्नेगरी पार्टी लाग्ने बताएका छन ।  

कार्यक्रमलाई सम्बोधन गर्दै अर्का केन्द्रीय सदस्य शितलले नेपालमा संसदवादी र क्रान्तिकारी २ शक्ति भएको भन्दै आफ्नो पार्टीका कार्यकर्ताहरूलाई चुनावी मोहमा नडुबेर अस्तित्व जोगाउदै चुनाव खारेज गर्न आग्रह गरेका छन । उनले कार्यकर्तालाई यो चुनावलाई जीवन मरणको सवाल नभएपनि जटिल र महत्वपूर्ण संघर्ष मानेर खारेज गर्नुपर्ने बताएका हुन ।

कार्यक्रममा पार्टीका जिल्ला ईन्चार्ज समेत रहेका पुर्व सेक्रेटेरी डिल्लीराज शर्माले निर्देशनात्मक मन्तव्य राख्दै चैत २४ देखि असार ५ सम्म हुने एकीकत जनजागरण तथा प्रतिरोध अभियानलाई सफल पार्न सबै जिल्ला सदस्यलाई व्यक्तिगत काम छाडेर लाग्न भनेका थिए ।

 जिल्ला सेक्रेटरी लोकपाल केसीको अध्यक्षतामा भएको बैठकले स्थानिय चुनावलाई कथित भन्दै प्रतिरोध सहित पुर्ण रूपमा बहिस्कार र खारेज गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले निर्वाचनको प्रचार प्रसारमा लाग्ने सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई नगर्न भन्दै त्यस्तो पाईएमा कार्वाही गर्ने निर्णय गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!