साझा पार्टीले घोषणा गर्यो ललितपुरमा महानगरमा उमेद्वारी

Posted on: 29 Apr, 2017


बैशाख १६, काठमाडौं । साझा पार्टीले ललितपुर महानगरपालिकाको मेयरमा रमेश महर्जनलार्इ स्वतन्त्र उम्मेदवार उठाउने घोषणा गरेको छ ।

साझा पार्टीका केन्द्रीय संयोजन समितिका सदस्य रमेश महर्जनले मेयर तथा शोभा शाक्यले उपमेयरका लागि उमेद्वारी घोषणा गरेका हुन् । कृषक परिवारमा जन्मिएर रत्न आभुषण व्यवसायमा लागेका ५३ वर्षीय रमेश महर्जन नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष हुन् । अध्यात्म र समाजसेवाप्रति झुकाव राख्ने महर्जनले विसं २०७२ को महाभूकम्पपछि पाटनको पिलाँछेलाई पर्यटन र सँस्कृतिको केन्द्र बनाउने अठोट गरेर स्थानीयवासीको सहभागीतामा झण्डै १०० भवनलाई परम्परागत नेवास् वास्तुकलामा पुनर्निर्माण गर्ने कार्यको नेतृत्व गरिरहेको साझा पार्टीले जनाएको छ ।

पाटनको रूद्रवर्ण महाविहार परिसरमा जन्म भएकी ५४ वर्षीय शोभा शाक्य पनि धार्मिक तथा सामाजिक कार्यमा भिजेकी छिन् । बुवा बहादुर शाक्यबाट असल नेतृत्व क्षमता सिकेको बताउने शाक्य हाल शाक्यसिंह विहारकी उपाध्यक्ष छिन् । 

शाक्यले पाटन औद्योगिक क्षेत्रमा रहेको आफ्नो उन तथा हस्तबुनाई कारखानामा ५०० भन्दा बढी महिला कामदारलाई रोजगारी दिएकी छिन् । महिला उत्थानमा सानैदेखि गहिरो भावना राख्ने शाक्यले ठैना महिला समूह जस्ता कैयन संस्था मार्फत महिलाको सशक्तिकरण तथा उद्यम विकासमा ठुलो योगदान पुर्याएको साझा पार्टीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!