बन्दुकको गोली छातीमा राखेर घरदैलोमा मुन्ना बाबु

Posted on: 19 Nov, 2017


मों ईजहार शेष | मंसिर ३, नवलपरासी | नेपाली कांग्रेसका प्रभावशाली नेताहरु मध्ये देवेन्द्रराज कँडेल (मुन्ना बाबु) को नामपनि शिर्षस्थानमा गनिन्छ । बोनस लाईफमा बाँचीरह्नु भएका नेता कँडेल बहुदलीय ब्यवस्था स्थापनाका लागि विद्यार्थी जीवनबाटै संघर्ष गर्नु भएको छ । 

राजनीतिमा नै जीवन समर्पण गर्नु भएका नेता कँडेलको जीवन संघर्षपूर्ण छ । गाउँदेखि केन्द्रसम्म राम्रो पकड बनाएका कांग्रेसका केन्द्रीय सदस्य कँडेल अहिले प्रदेश नं.५ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं.२ बाट प्रत्यक्ष तर्फका प्रतिनिधि सभा सदस्यका उमेदवार बनेर घरदैलोमा ब्यस्त हुनुहुन्छ । यस निर्वाचन क्षेत्रमा उँहाको राम्रो प्रभावसमेत देखिएको छ । पूर्व–पश्चिम राजमार्गदेखि उँहाको आफ्नै घर रहेको रमपुरवाँ सिमा नाकासम्म फैलिएको यस निर्वाचन क्षेत्रमा अहिले कांग्रेसको प्रचार र प्रभाव तिब्र छ । विगतको दुईवटा संंविधान सभाको निर्वाचनमा पार्टीको आन्त्रीक कारणले पराजीत भएका नेता कण्डेल यसपाली बिजयको दाउमा हुनुहुन्छ । कुनै बेला १७ राउण्ड गोली प्रहार भएकोमा ७ वटा गोलीसँग जुझेर र एउटा गोली अझै छातीमा राख्नु भएको नेता कण्डेल यति बेला विभन्न प्रचारप्रसारका कार्यक्रम र घरदैलोमा भिड्नु भएको छ । 

नेता कण्डेलको पृष्ठभुमी


वि.सं २०१३ चैत्र १४ गते बुवा पृथ्वीराज कँडेल र आमा धनदेवी कँडेलको कोखबाट जन्मीनु भएका नेता कण्डेलको जीवनपनि संंंघर्षपूर्ण छ । अहिलेसम्मको आफ्नो पूर्ण ब्ययसक जीवन राजनीतिमै बिताउनु भएका नेता कण्डेल विद्यार्थी जीवनमा पढाईसँगै खेलमा अब्बल हुनुहुन्थ्यो । शैक्षिक योग्यताको हिसाबले उँहा स्नातक तह उत्र्तिण हुनुहुन्छ भने विगतम अन्तराष्ट्रिय हकी खेलाडी भएर पनि नेपालको खेल जगतमा योगदान दिनुभएको छ । तर बुवा पृथ्वीराज कँडेलको राजनीतिक जीवनबाट अत्यन्त प्रभावित नेता देवेन्द्र पढाई र खेललाई विद्यार्थी जीवनमै बिट मार्नुभयो । उँहको बुवा पृथ्वीराज नेपालको पहिलो जन निर्वाचन २०१५ मा सांसद  समेत रह्नु भएको थियो । नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री र नेपालको २२ औं प्रधानमन्त्रीको रुपमा रह्नु भएको विश्वेश्वर प्रसाद कोईरालाको सरकारमा उँहको बुवाले महत्वपूर्ण भुमिका निर्वाह गर्नु भएको थियो । तर नेता देवेन्द्रराज कण्डेलले भने औपचारिक राजनीति २०३६ सालमा जनमत संग्रह घोषणा भएपछि अन्यन्तै सक्रियताका साथ बहुदलको पक्षमा प्रचारप्रसार अभियानमा लागेर सुरु गर्नु भएको हो । तत्पश्चात नेपाल विद्यार्थी संघमा लागेर नेतृत्वदायी भुमिका निर्वाह गर्नु भएका कण्डेल बहुदलीय ब्यवस्थामा साविक बडहरा दुबौलिया गाविसमा दुईपटक अध्यक्षमा समेत भारी मतले बिजयी हुनु भएको थियो । 

केन्द्रीय राजनीतिमा नेता कँडेल 

साविक बडहरा दुबौलिया गाविसमा दुईपटक भारी मतले अध्यक्षमा निर्वाचित भएपछि सो क्षेत्रका जनतामा नेता कण्डेल अत्यन्तै लोकप्रीय बन्नु भएको थियो । त्यही लोकप्रियताका कारणपनि उँहालाई त्यस क्षेत्रका जनताहरुले राष्ट्रिय राजनीतिमा पु¥याउनका लागि भारी मतले दुईपटक बजयी गराएका थिए । २०५१ सालको सांसदीय निर्वाचनमा नेता कँडेल त्यतीबेला निर्वाचन क्षेत्र नं.४ बाट उमेदवारी दिई बिजयी बन्नु भएको थियो । त्यति बेला उँहा (नेपाली कांग्रेस) ले १९ हजार ५ सय १० मत प्राप्त गर्नु भएको थियो भने उँहाका प्रतिद्धन्द्धी नेपाल सद्भावना पार्टीका दुर्गा प्रसाद चौधरीले १४ हजार ७७ मत प्राप्त गर्नु भएको थियो । यस्तै २०५६ मा भएको सांसदीय निर्वाचनमा सोही क्षेत्रबाट उँहाले १८ हजार ६ सय ७१ मत प्राप्त गरेर विजयी हुनु भएको थियो भने उँहाका प्रतिद्धन्द्धी दुर्गा प्रसाद चौधरीले १६ हजार ९ सय १५ मत प्राप्त गर्नु भएको थियो । दुईवटै निर्वाचनबाट बिजयी भएर उँहाले गृह मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी संभाल्नु भएको थियो । तत्कालीन गिरिजा प्रसाद कोईरालाको सरकारमा उँहाले संसदमा सचेतकको भुमिका समेत निर्वाह गर्नु भएको थियो । यद्धपी उक्त समय देशमा माओबादी केन्द्रको ससत्रद्धन्द्ध काल चरम सिमा नाघेको थियो । शुरक्षाको दृष्टिकोणले अत्यन्तै मह्त्वपूर्ण रहेको गृहमन्त्रालयमा जिम्मेवारी संभाल्न त्यतीबेला त्यत्तिकै चुनौतीपूर्ण पनि थियो । नेता कण्डेलकै शब्दमा त्यतीबेला कुनै नेताले गृहको जिम्मा संभाल्न नमानेको बताईएको छ । तर त्यो कठिन परिस्थितिमा गृहमा राज्य मन्त्रीको जिम्मा कँडेलले संभाल्नु भएको थियो । ससत्रद्धन्द्ध कालमा शान्ति शुरक्षा कायम गर्नका लागि उँहाले चालेको केही कदम र बोलेको बचनले गम्भीर आक्रमणको सामना समेत गर्नुपर्यो । वि.सं २०६० भाद्र १२ गते माठमांडौमा उँहा माथी १७ राउन्ड गोली प्रहार भएको थियो । जसमध्ये ७ वटा गोली उँहालाई सरीरको विभिन्न भागमा लागेको थियो । एउटा गोली अझै उँहाको छातीमै रहेको छ । 

२०६० पछिको यात्रा 

अहिले बोनस लाईफ बाँचीरह्नु भएका नेता कँडेलको २०६० पछिको जीवनमा निकै उतारचढाव भएको छ । २०६० पछि उँहाले १ वर्षको जीवन निर्वाशन जीवन बिताउन पर्याे । तर २०६२÷६३ को आन्दोलनमा उँहालाई पार्टीले कांग्रेसको तर्फबाट अग्रणी भुमिका निर्वाह गर्न जिम्मा दियो । उँहाले लुम्बिनि अञ्चलको कमाण्डर बनेर त्यती बेला कांग्रेसको तर्फबाट कमाण्डर भएर नेतृत्व गर्नु भएको थियो । प्रजातन्त्रलाई पुर्नस्थापना गर्नकालागि भएको उक्त आन्दोलनमा पनि उँहाको निवास रमपुरवाँ गाविसको महेशपुरमा समेत आक्रमण भएको थियो । त्यसपछि भएको दुईवटा संविधान सभाको निर्वाचन उँहाको लागि सुखद् बन्न सकेन । मधेस आन्दोलन उत्कर्षमा पुगेको बेला २०६४ मा भएको पहिलो संविधान सभाको निर्वाचनमा नवलपरासी निर्वाचन क्षेत्र नं.५ बाट उँहाले पराजय ब्यहोर्नु पर्याे । यस्तै दोस्रो संविधान सभाको निर्वाचनमा नवलपरासी क्षेत्र नं.४ बाट पनि बागी उमेदवारीका कारण उँहालाई पराजय भोग्नु प¥यो । दोस्रा संविधान सभामा शान्दार जीत हुने अवस्थामा रहका कँडेलको विरुद्धमा पार्टीबाट एकजना राम्रो पकड भएका उमेदवार बागी भएपछि उँहाले पराजय ब्यहोर्नु परेको थियो । २०७० को निर्वाचनमा विजय हासिल गरेका उँहाका प्रतिद्धन्द्धी उमेदवार बैजनाथ चौधरीले १० हजार ७५ मत प्राप्त गरे भने नेता कँडेलले ७ हजार ७ सय ५० र बागी उमेदवारले समेत झन्डै ७ हजार मत प्राप्त गरेका थिए । 

२०७४ को निर्वाचन

नवलपरासी निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधि सभा सदस्यमा आफ्नो जित शुनिश्चित रहेको नेता कँडेकाले दावी छ । यस निर्वाचन क्षेत्रमा सरावल गाउँपालिकाको वडा नं.१, २ र ३, सुनवल नगरपालिका र पाल्हीनन्दन गाउँपालिकाहरु रहेका छन् । यँहा १ लाख ५ हजार ८ सय ६९ मतदाताहरु रहेका छन् । पाल्हीनन्दन गाउँपालिकास्थित महेशपुरमा उँहाको घर पनि हो । तर स्थानीय तहको चुनावमा उक्त गाउँपालिकाको अध्यक्षमा माओबादी केन्द्र बिजयी भएको छ भने उपाध्यक्षमा कांग्रेसले जितेको छ । यद्धपी पाल्हीनन्नद गाउँपालिकामा कांग्रेसले अहिले आफ्नो स्थितिमा सुधार ल्याएको देखिएको छ । यता रामग्राम नगरपालिकाको प्रमुख र उपप्रमुख सहित अधिकांस वडामा कांग्रेसनै बिजयी भएको छ ।


यस्तै सुनवल नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेका उमेदवार बिजयी भएका छन् । यस्तै सरावल गाउँपालिकाको वडा नं १, २ र ३ मा नेपाल लोकतान्त्रीक फोरम बिजयी भएको छ । तर उक्त गाउँपालिकाको फोरमका अध्यक्ष सहित फोरम नवलपरासीनै कांग्रेसमा बिलय भएको छ । यो अवस्थामा कांग्रेसलाई अहिलेको प्रतिनिधि सभा सदस्यमा सकस नहुने देखिन्छ । यो निर्वाचन क्षेत्रमा बाम गठबन्धनबाट उमेदवारी दिएका माओबादी केन्द्रका जिल्ला ईन्चार्ज घनश्याम यादव र राजपाका केन्द्री उपाध्यक्ष गोबिन्द चौधरी उँहाको प्रतिद्धन्द्धी हुनुहुन्छ । तर मंसिर २१ गते हुने निर्वाचनमा कांग्रेस र बाम गठबन्धन बिचनै प्रतिस्पर्धा हुने मतदाताहरुको आंकलन छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!