माओवादीका समानुपातिक उम्मेदवार जगत पार्की कांग्रेसमा प्रवेश

Posted on: 19 Nov, 2017

ललित बोहरा | मंसिर ३, डडेल्धुरा । नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य पदका लागि समानुपातिक तर्फका उम्मेदवार जगत पार्की कांग्रेस प्रवेश गरेका छन् ।

आइतबार कांग्रेसले आलिताल गाउँपालिकाका ४ घरेलुमा आयोजना गरेको चुनावीसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्कीलाई कांग्रेसमा स्वागत गरेका हुन् ।

देउवाले कांग्रेसको सदस्यता र टिका लगाएर प्रवेश गरेका हुन् । पार्की यस अघिको स्थानीय तहको निर्वाचनमा आलिताल गाउँपालिकाबाट अध्यक्ष पदमा चुनाव लडेका थिए । उनी कांग्रेस उम्मेदवार वलबहादुर गुरुङसंग पराजित भएका थिए । पार्कीसंगै माओवादी केन्द्रका केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य जनकराज कलौनी र लक्ष्मी उपे्रती लगायत एक सय भन्दा बढी कार्यकर्ताहरुले कांग्रेस प्रवेस गरेका छन् । कम्युस्टिहरुले सपना मात्रै बाँड्ने हुनाले माओवादी पार्टी परित्याग गरेको पार्कीले बताएका छन् ।

बन मृद्धा खेपी रहेका उनी निकटका कार्यकतालाई मृद्धा फिर्ता लिन सहयोग गर्ने प्रधानमन्त्री देउवाले प्रतिबद्धता ब्यक्त गरेको स्रोतको भनाई छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!