जनमोर्चाबाट राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार तय

Posted on: 23 Jan, 2018

माघ ९, काठमाडौँ  | राष्ट्रिय जनमोर्चाले यही माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि पार्टीका तर्फबाट कृष्ण अधिकारी, मीना पुन र रश्मिराज नेपालीलाई उम्मेदवार बनाउने भएको छ । 

पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा अधिकारी र पुन प्रदेश नं ४ बाट तथा नेपाली प्रदेश नं ५ बाट उम्मेदवार हुनुहुने जनाइएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!