प्रदेश ६ का प्रदेश सभा सदस्यहरुलाई बधाइ तथा शुभकामना

Posted on: 23 Jan, 2018

माघ ९, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका सुर्खेतले प्रदेश नं ६ बाट निर्वाचित ४० जना प्रदेश सभा सदस्यहरुलााई मंगलबार एक कार्यक्रमका बीच बधाई तथा शुभकामना दिएको छ । 

कार्यक्रमका प्रमुख अतिथि यामलाल कंडेलले समग्र ६ नम्बर प्रदेशको विकासका लागि पार्टी भन्दा माथि उठेर प्रदेश विकासको विकासमा सबै जना लाग्नुपर्ने बताए ।


उनले प्रदेश नं ६ लाई केन्द्रीय सरकारसँग जोड्नका लागि हवाइ यतायातलाई छिटो सञ्चालन गर्न सरकारसँग माग गरे ।

कार्यक्रममा एमाले नेता प्रदेश सभा सदस्य प्रकाश ज्वाला, नेपाली कांग्रेसका नेता तथा प्रदेश सभाका जेष्ठ सदस्य हिमबहादुर शाही, प्रदेश सभा सदस्यहरु सीता नेपाली र विन्दमान विष्टले समेत प्रदेश विकासका लागि मन्तव्य राखेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!