आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएकै छैन, जनभावना विपरित माओवादीसँग हामी सम्झौता गर्दैनौं–प्रदिप ज

Posted on: 14 Feb, 2018

पर्वत ।पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवनमा दिएको अभिव्यक्तिको एमालेका नेता प्रदिप ज्ञावलीले खण्डन गरेका छन् ।
नेताहरुको विचमा एकता भएपछि फेरबदल हुने काम भोलिका दिनमा होला तर अहिले भने हुदैन उनले भने ।
माओवादीले प्रधानमन्त्री र पार्टीको नेतृत्व आलोपालो भनि भ्रम छर्ने काम गरेको भन्दै ज्ञावलीले जनभावना विपरित त्यस्तो काम एमालेले नगर्ने बताए ।
उनले हामीसँग माओवादीको आलोपालो प्रधानमन्त्री र पार्टी अध्यक्ष हुने भन्ने बारे सहमति भएको छैन, र यो एमालेले गर्दा पनि गर्दैन उनले भने ।
भावी प्रधानमन्त्रीका रुपमा एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपति सक्षम दाबी पेश गर्ने उनले बताए ।
७०।३० को आधारमानै नेतृत्वको छनोट हुने उनले बताए । दुवै अध्यक्षविच संयुक्त रुपमा पार्टीको नेतृत्व गर्ने उनले बताए ।

भिडियो

यस बिषयमा तपाइको प्रतिक्रिया...!