प्रदेश ५ को मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त

Posted on: 14 Feb, 2018

 फागुन-२, काठमाडौं । प्रदेश ५ को मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् ।

प्रदेश प्रमुख उमाकान्त झाले  आज प्रदेश ५ का  एमाले संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

 यसअघि माओवादीको समर्थनमा एमालेले सरकार गठनका लागि आइतार नै दाबी पेश गरेको थियो । 

नवनियुक्त मुख्यमन्त्री पोखरेलले भोलि सपथ लिने र भोलि नै सानो आकारको मन्त्रिपरिषद् बनाउने एमाले र माओवादीले गृहकार्य गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!