प्रधानमन्त्री ओली र अमेरिकी राजदूतबीच भेटवार्ता

Posted on: 22 Jan, 2021

माघ ९, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबिच भेटवार्ता भएको छ  ।

शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर राजदूत बेरीले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन शीर्ष प्राथमिकताहरुबारे छलफल भएको काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!