ओली र नेपाल बिच छलफल

Posted on: 21 Apr, 2021

वैशाख ८, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपालबिच छलफल सुरु भएको छ । बुधबार होटल मेरियटमा ओली र नेपाल छलफल सुरु भएको हो । एमाले भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला दुई समूहका नेताबीच भेटवार्ता भएको छ । 

पार्टी भित्रको आन्तरिक विवाद बारे दुई नेताबीच छलफल भएको बताइएको छ । यसअघि योगेश भट्टराई अध्यक्ष केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका थिए । संसद विघटनपछि राजनीतिक रुपमा नेकपा दुई भागमा विभाजित भएको थियो ।

गत फागुन २३ गते एमाले र माओवादी केन्दलाई पूर्ववत अवस्थामा फर्काउने सर्वोच्च अदालतको फैसला पछि पनि नेपाल समूह ओलीसंग असन्तुष्ट रहको थियो । पछिल्लो समय ओलीले नेपाललाई ६ महिना पार्टीबाट निलम्बन समेत गरेका थिए ।

यता नेपाल समूहले भने केन्द्र देखि स्थानीय तह सम्म समानान्तर कमिटी गठन गर्नेक्रम जारी राखेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!