४९ हजारको सहयोगले जीवन वित्दैनः सहिद शेख श्रीमती

Posted on: 07 May, 2016

अभिमनु पटेल/ बैशाख २५, रौतहट ।  मधेश आन्दोलनमा सहिद भएको शेख मैनुदिनको परिवारजनले आज अन्तक्रिया कार्यक्रममा ४९ हजार रकम मात्र सहयोगबाट हाम्रो छोरा छोरीहरुको जीवन वित्दैन ।

रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाले आज गा.वि.स अकोलवा वार्ड नं ७ बलुवा टोलमा शाखाका अध्यक्ष अभिमनु पटेलको अध्यक्षतामा सहिद शेख मैरूदिनको परिवार जन सँग अन्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

rautahat कार्यक्रममा सहिद शेखको श्रीमती बोल्दै सहिद भएको मेरो श्रीमान मर्नेवाला थिएनन् समयमा राम्रो अस्पतालमा उपचार हुन्थ्यो भने आज उहाँ हामी बिच हुनुहुन्थ्यो तर अस्पतालबाट मेरो श्रीमानले फोन गर्दा जिल्ला देखि केन्द्र सम्मका कुनैमधेशी दलका नेताले फोन न उठाएनन्, सहिद शेखको श्रीमती गुनासो गरे ।

घरमा बुढी सासू आमा ,४ ओटा स(साना छोरा र एउटा सब भन्दा सानो छोरी रहेकोले अब जीवन कहाँबाट र कसरी चल्छ यही कुराको चिन्ताले हाम्रो सबै परिवार दिनरात डुबिरहेको छ । मेरो श्रीमानले सहिद भएपछि एक दिनको लागि नेताहरूले मेरो घरमा आएर ठूलो ठूलो अस्वासन दिएर छोरा छोरीहरूको शिक्षा दिने काम अब चाहि हामीहरुको भन्नेर सपना देखाएर बिपनामा बदलन सकेन नेताहरू सहिद शेखको श्रीमतीले बताइन् ।

मेरो श्रीमानको अन्तिम दाह संस्कारको दिन नेताहरुले भन्नुभयो कि तपाईंको परिवारजनमा धेरै दुख रहेकोले तत्काल २ लाख रकम र केखी दाल चामल सहयोग गर्दिन्छु तर अहिले सम्म एक किलो चामल सम्म नपाएको कसको सहाराले बाच्नु अब हामी । आन्दोलनको वेला नेताहरूले सधै घरमा बोलाउन आउथे अहिले हेर्न पनि आउदैन । अब मेरो छोरा छोरीहरूले शिक्षा लिन सक्दैन सहिद परिवारको घर हेर्दैन भने कसरी शिक्षा हासिल गराउला, सहिद शेखको श्रीमतीको गुनासो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!