बन्द गराउने र खुलाउनेबीच झडप, प्रहरी निरीक्षकसहित ९ जना घाइते

Posted on: 30 Aug, 2015

भदौ १३, चितवन । थारु कल्याणकारिणीसभा चितवनले आह्वान गरेको बन्दमा आइतबार नारायणगढका व्यवसायीले बजार कुलाउना दबाब दिएपछि दुई पक्षबीच हुँदा ९ जना घाइते भएका छन् । वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक सत्यनारायण थापा र आठ जना बन्दकर्ता सामान्य घाइतेघाइते भएको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बन्दका कारण जनजीवन प्रभावित बनेको छ भने कलकारखाना, बजार, शैक्षिक संस्थासमेत ठप्प बनेका छन् । चितवनलाई प्रादेशिक राजधानी बनाउनुपर्ने, विगतमा भएका थारुसँगको सम्झौता कार्यान्वयन गर्नुपर्नेलगायतका माग राख्दै चितवनका थारु समुदाय आन्दोलित बनेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!