यात्रुबस दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

Posted on: 02 Oct, 2016

असोज १६, हेटौँडा । मकवानपुरको भीमफेदी–८ जुरीखेतमा आज बा ३ ख ५०४ नंको यात्रुबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

दुर्घटनामा परी चित्लाङ–६ का ३३ वर्षीय रामशरण विकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा दुईजना यात्रु घाइते भएका छन् । घाइते कुलेखानी–६ की गङ्गामाया थापा र हेटौँडा उपमहानगरपालिका–२ का ३० वर्षिय रवि थापामगरको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । 

चित्लाङबाट हेटौँडा आउँदै गरेको उक्त बस जुरीखेतको ओरालोमा ब्रेकफेल भएर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!