१६ वर्षीय ददि बुढाको घाँस काट्ने क्रममा भिरबाट खसेर मृत्यु

Posted on: 13 Oct, 2016

नन्दराम जैशी | असोज २७, जुम्ला | जुम्ला पट्मारा गाविस वडा नम्बर ६ रिनीको खोप्र्री भन्ने स्थानमा १६ वर्षीय ददि बुढाको घाँस काट्ने क्रममा भिरबाट खसेर मृत्यु भएको छ । 

गाउँ नजिकैको भिरमा घाँस काट्न गएको बेला बुधबार दिउँसो साढे १२ वजेतिर भिरबाट खसेर बुढाको मृत्यु भएको स्थानिय सुर बहादुर बुढाले बताउनु भयो । आमा बुवासंगै घाँस काटिरहेको बेला चिप्लीएर एक्कासी भिरबाट खसेर बुढाको घटनास्थलमै मृत्यु भएको मृत्तक बुढाका बाजे समेत रहनु भएका उहाँले साझा सवाललाइ जानकारी दिनुभयो ।           

मृतक बुढाको भिरबाट करिब सय मिटर तल खसेर टाउकोमा गहिरो चोटका कारण मृत्यु भएको हो । मृतक बुढा सरस्वती मावि रिनीबाट २०७२ सालमा एसएलसी दिएर कक्षा ११ मा अध्ययनरत हुनुहुन्थ्यो । स्थानिय सुर बहादुर बुढाका अनुसार उहाँको परम्परा अनुसार दाहसंस्कार गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!