भोजपुर–काठमाडौँ सिधा यातायात सेवा सुरु

Posted on: 18 Oct, 2016

कात्तिक २, भोजपुर । भोजपुरदेखि काठमाडौँसम्म सिधा यातायात सेवा सुचारु भएको छ । 

चुम्लुङ्मा यातायात प्रालिले आजदेखि भोजपुरदेखि धरान हुँदै काठमाडौँसम्म सिधा माइक्रोबस सञ्चालनमा ल्याएको हो । 

चुम्लुङ्माले १८ सिट क्षमताका छवटा माइक्रोबस भोजपुर झिकाइसकेको भएपनि सडक सहज नहुँदा दिनमा दुईवटा मात्र बस सञ्चालन गरिने भएको छ । भोजपुरदेखि काठमाडौँ सिधा यातायातको भाडादर रु दुई हजार ५०० निर्धारण गरिएको चुम्लुङ्मा यातायात प्रालिका सञ्जीव केशीले जानकारी दिनुभयो । 

भोजपुरदेखि सिधै काठमाडाँै सञ्चालन हुने माइक्रोबसमा फ्रि वाइफाइ, एसी, एलइडी कोचलगायतको सुविधा रहेको जनाइएको छ । भोजपुरदेखि काठमाडौँ सिधा यातायात सञ्चालनमा आएपछि भोजपुरका स्थानीयवासी हर्षित भएका छन् । 

यसअघि, देशको राजधानी काठमाडौँ जान भोजपुरदेखि धरान हुँदै गाडी फेरेर झन्डै तीन दिन लगाएर जानुपर्ने बाध्यता रहेको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!