बाच्छामा बृहत स्वास्थ्य शिविर सम्पन्न, ७ सय जनाको स्वास्थ्य परिक्षण

Posted on: 21 Oct, 2016

असोज ५ पर्वत । पर्वतको बाच्छा गाविसमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । शुक्रबार भएको बृहत स्वास्थ्य परिक्षणबाट ७ सय जनाले सेवा लिएको रोटरीका गणेश पौडेलले जानकारी दिए । बाच्छामा भएको स्वास्थ्य शिविरमा , पेट, छाती, नशा, मुटु, दम, स्त्री, हाड,       मनोरोग लगायतका रोगहरुको बारेमा उपचार भएको उनको तर्क छ ।
    शिविरमा १६ जना डाक्टरहरुले सेवा दिएका थिए । जिल्ला अस्पताल पर्वतका प्रमुख फणिन्द्र प्रसाद बरालको नेतृत्वमा रहेको उक्त टोलीले स्वास्थ्य       परिक्षण गरेको थियो । विरामीलाई निशुल्क रुपमा औषधि तथा स्वास्थ्य समस्या सम्बन्धी परामर्श दिइएको थियो ।
रोटरी क्लब अफ पर्वत र पर्वत सेवा समाज नेपालको संयुक्त आयोजना भएको उक्त  शिविरमा  जिल्ला स्वास्थ्य कार्यालय पर्वत, इनरह्वील क्लब अफ पर्वत,         रोट्याक्ट क्लब अफ पर्वत÷     पोखरा को समन्वयमा गरिएको थियो । भने जिल्ला विकास समितिको कार्यालय पर्वत, बाच्छा गाउँ विकास समितिको सहयोग एवं सहकार्यमा गरिएको थियो । उक्त शिविरको लागि औषधी बाग्लुङ मेडिकल हलले उपलब्ध गराएको थियो । उक्त क्याम्पसमा २० को टिकट राखिएको थियो । शिविर संचलानको लागि कति खर्च भयो भन्ने बारेमा एकिन जानकारी भने उपलब्ध भ्रएको छैन । शिविरको लागि आवश्यक पर्ने खर्च कसरी संकलन भयो त्यसको बारेमा कुनै तथ्य सार्वजानिक भएको छैनन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!