समाजिक कार्य गर्नको लागी मेलामा स्टल

Posted on: 05 Mar, 2016

layance clubजिवराज बख्रेल/फागुन २२, मकवानपुर । औद्योगिक ब्यापार मेलमा लायन्स क्लव अफ हेटौडा भुटनदेवीले संकलित रकम वाट सामाजिक कार्य गर्ने उद्येस्य सहित रिंग गेमको स्टल राखेको छ ।

मकवानपुर उद्योग बाणिज्य संघको आयोजनामा फागुन २० गते देखि हेटौडामा जारी राष्ट्रिय औद्योगिक ब्यापार मेलामा क्लवले गेमको स्टल राखेको हो । अघिल्ला वर्षमा हुने गरेका मेला यस्ता गेम हरुलाई ब्यवसायीक रुपमा मात्र खेलाइने गरीएको यो वर्ष लाएन्स क्लवले मेलामा मनोरञ्जन प्रदान गर्दै संकलित रकम वाट निशुल्क शिविर,विपन्न परीवारलाई सहयोग लागएका कार्य गर्ने उद्येस्यले गेम खेलाएको हो ।

layace club makawanpur

समाजसेवा कुनै पनी रूपमा गर्न सकिन्छ चाहे त्यो सानो होस वा ठूलो ,लायन्स क्लबले त्यही भावनाको साथ काम गर्दै आईरहेको छ, लायन्स क्लव अफ हेटौडा भुटन देवि अध्यक्ष अंकिता सुमार्गीले भन्नु भयो ।

थोपा थोपा बाट घैटो भरे जस्तै समाजसेवा गर्न कै लागी आर्थिक संकलनको उद्देश्य बोकी यो स्टल राखिएको उहाँले भन्नु भयो। मेला मा स्टल नं २७ मा लायन्स क्लब अफ हैटौडा भुटनदेवीले यो कार्य गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!