सामाजिक परिचालकहरु पनि संगठित

Posted on: 26 Oct, 2016

प्रेम सुनार/कात्तिक १०, गुल्मी । गाविस सचिवहरु  पछि आज देखि  गुल्मी जिल्लाका सामाजिक परिचालकहरु पनि संगठित भएका छन् । 

आज सदरमुकाममा भेला भई घमिरका सामाजिक परिचालक राजेन्द्रप्रसाद पन्थीको अध्यक्षतामा जिल्ला स्तरिय सामाजिक परिचालक हक हित समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा वसन्त सेन, सचिवमा प्रकाश थापा,  कोषाध्यक्षमा मेनिका वस्याल चयन भएका छन् । 

१७ सदस्यी जिल्ला समिति बनाईएको नव निर्वाचित अध्यक्ष राजेन्द्र पन्थीले जानकारी दिए ।  तस्वीर: कार्य समितिका पदाधिकारी र सदस्यहरु सामुहिक तस्वीर खिचाउँदै  

यस बिषयमा तपाइको प्रतिक्रिया...!