मकवानपुरमा छुट्टा छुट्टै आगलागी, १ दर्जन घर-गोठ नस्ट

Posted on: 10 Apr, 2016

चैत २८, हेटौडा । मकवानपुरको छतिवन ५ सानोथलीमा आगलागी हुदा ४ घर तथा ५ गोठ जलेर नष्ट भएका छन् । जंगल लागेको आगो अकस्मात गाँउ पसेको र आगो हावाहुरीका कारण नियन्त्रणमा लिन नसक्दा एक दर्जन चौपाए पनि मरेको जनाइएको छ ।

आगलागि वाट घर वास डडेपछि पिडितको विचल्ली भएको छ । घर नभए पछि उनिहरु आफन्तको मा वसीरहेका छन् यसैविच सांसद गणेश थापाले सानोथलिका आगलागी पडित परीवारलाई प्रतिपरीवार ई ५ः५ हजार का दरले सहयोग गर्ने घोषणा गर्नु भएको छ । उता गोगने गाविस वडा नं.५ गोलढुङगामा भएको आगलागी वाट दिल बहादुर तितुङको गोठ सहित २ वटा भैँसी जलेर नष्ट भएका छन् । तितुङ गोठबाट सल्केको आगो नियन्त्रण गर्न नसके पश्चात आगो खौवास सामुदायिक वनमा पुगेको छ ।

आगोले कार्साङ लामाको घर समेत क्षति पुर्याएको छ । आगालागीबाट र्कासाङ लामाको घरमा रहेका लत्ता कपडा अन्नपात नगद जिन्सी र २५ मुरी अन्न जलेको वताइएको छ । स्थानियले आगो नियन्त्रणको प्रयास गरेपनि सफल नभएको जनाइएको छ । आगो नियन्त्रण नभएका कारण गोलढुङगाका करीव ३० घर आगलागिको जोखिममा परेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!