कटहर उत्पादनमा अग्रणी बनाउन निजी बन सरोकारवाला महासंघका केन्द्रीय अध्यक्ष गौतमको आग्रह

Posted on: 10 May, 2016
बैशाख २८, मकवानपुर । निजी बन सरोकारवाला महासंघका केन्द्रीय अध्यक्ष हरि गौतमले मकवानपुरलाई कटहर उत्पादनमा प्रथम जिल्लाका रुपमा विकास गर्न आग्रह गरेका छन् । बन महासंघले हरेक जिल्लालाई कुनै एक वनस्पति उत्पादनमा जोड दिइरहेको जानकारी दि“दै कटहरमा मकवानपुरलाई प्रथम बनाउन उहाँ ले आग्रह गरेका हुन् । जिल्लालाई कटहर उत्पादनको अग्रणी जिल्लाका रुपमा स्थापित गर्न प्रशस्त सम्भावना रहेको गौतमले औंल्याउनु भयो । निजी बनधनीहरु निर्भरमुखी बन नभई उत्पादनमुखी तथा व्यावसायिकरुपले अघि बढेमात्र निजी बन विकास हुनसक्ने उहाँले बताए । निजी बन सरोकारवाला महासंघ मकवानपुरको आयोजनामा निजी बन व्यवस्थापन तथा संस्थागत सुदृढीकरण कार्यशालामा बोल्दै गौतमले पर्सालाई कागती उत्पादनमा अब्बल बनाउन महासंघले भूमिका खेलेको बताउ“दै मकवानपुरलाई कटहरमा सम्भावना देखिएको बताउनु भयो ।   उहाँले निजी बनधनीहरु बनमै व्यावसायिक खेतीमा लाग्नुपर्ने धारणा राख्दै निजी बनलाई व्यावसायिक खेती गर्दै आर्थिक रुपान्तरणका हिसाबबाट अगाडि बढ्नुपर्ने उहाँले बताउनु भयो । उहाँले बनमा काठ उत्पादन गर्दै बिक्री बितरण गरेर आर्थिक आर्जन लिनसक्ने बताउनु भयो । तर, बनमा लगाउने उपयुक्त बीउ, बिरुवा नेपालमै नरहेको गौतमको भनाइ छ । हरेक जिल्ला बनमा राम्रो बीउ र बिरुवा नरहेको गौतमले बताउनु भयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!