प्याराग्लाइडिङका सबै उडान सेवा बन्द

Posted on: 08 Nov, 2016

कात्तिक २३, पोखरा । नेपाल हवाई खेलकुद संस्था पोखराले आज प्याराग्लाइडिङका सबै उडान सेवा बन्द गरेको छ । 

गत शुक्रबार स्याङ्जाको स्वरेकमा प्याराग्लाइडिङ उडान प्रशिक्षणका क्रममा दुर्घटनामा परी शैलेश पहारीको मृत्यु भएको शोकमा प्याराग्लाइडिङका सबै उडान आज बन्द गरिएको संस्थाका अध्यक्ष सोभित बानियाँले बताउनुभयो । 

पोखराको लेकसाइड निवासी पहारीको आज पोखराको रामघाटस्थित सेती नदीको किनारमा दाहसंस्कार गरिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!