रिडी तनावग्रस्त, झडपमा प्रहरी निरीक्षक सहित तिन घाईते

Posted on: 09 Nov, 2016


प्रेम सुनार/कात्तिक २४, गुल्मी । गुल्मीको ५ नम्वर ईलाकाको केन्द्र रिडीमै राख्नु पर्छ भन्दै गरिएको आन्दोनमा प्रहरीले वल प्रयोग गरेको छ । रिडीवासीले गरेको रिडी वन्द खुलाउन प्रहरीले आज दिउँसोबाट सुरु गर्ने क्रममा  स्थानियवासी संग झडप भएको हो । 

  झडपमा रिडी  ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव भट्टराई , एक जना प्रहरी जवान  र एक जना आन्दोनकारी सहित तिन जना घाईते भएको जनाईएको छ ।   प्रहरी निरीक्षक भट्टराईले आफलाई हातमा चोट लागेको र अन्यलाई शरिरका विभिन्न स्थानमा चोट लागेको बताए । 


   जिल्लाको आदेशमा मैले तिन वजेबाट रिडी नाका खुलाउन माईकिङ्ग गरेर  वल प्रयोग गरेको हुँ  प्रहरी निरीक्षक भट्टराईले भने–‘ त्यति वेला चारै तिरबाट निस्केका आन्दोलनकारीले अन्धाधुन्दा ढुङ्गा प्रहार गरे पछि झडप भयो र प्रहरीले दुई राउण्ड अश्रृग्याँस प्रहार गरेको हो । ’

  स्थिती रिडी प्रहरी वलको क्षमता भन्दा बाहिर जान थाले पछि  जिल्ला प्रशासनले जिल्ला प्रहरी कार्यालयबाट  प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालको नेतृत्वमा थप वल पठाएको जनाईको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक भोलाबहादुर रावलले अश्रुग्याँस प्रहरीले प्रहार गरेको कुरालाई अझै बुझ्दै छु भनेर भने ।  

 प्रमुख जिल्ला अधिकारी उद्यबहादुर राना मगरले साँझ सम्म जसरी पनि रिडी नाका खुल्ने दावि गरे । उनले भने–‘ अहिले स्थिती साम्य हुँदैछ र प्रहरीकोा थप वल यहाँबाट पठाईएको छ साँझ सम्म रिडी  खुलाईन्छ । उक्त नाका गुल्मीको प्रवेशद्धार हो । 


  उत्तर वाग्लुङ्गको समेत प्रवेशद्धार भएकोले  दुई जिल्लाका जनता रिडी बन्दबाट नराम्ररी प्रभावित भएका छन् । रुरु क्षेत्र गाउँपालिका नामकरण गरिए पनि केन्द्र भने माथी घिउवेशीमा राखिएको विरोधमा  रिडीवासी आन्दोलित भएका हुन् ।  रुरु क्षेत्र देशका चारधाम मध्ये एक धाम मानिन्छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!