गौश्वारा गाविसमा बृहत एकिकृत घुम्ती शिबिर संचालन हुने

Posted on: 12 Nov, 2016

प्रज्वल पौडेल । कात्तिक २७,रामेछाप ।

जिल्ला प्रशासन कार्यालय रामेछापले गौश्वारा गाविसमा बृहत एकिकृत घुम्ती शिविर संचालन गर्ने भएको छ । जिल्लाको दुर्गम भेगमा बसोवास गर्ने नागरिकहरुलाई घरदैलोमा सरकारी सेवा दिने उद्देश्यले मंसिर ७ गते  घुम्ती शिबिर संचालन गर्न लागिएको हो ।

 शिविरमा नेपाली नागरिकताको प्रमाणपत्र, अपाङ्ग परिचयपत्र, फोटो सहितको मतदाता नामावली, कृषि सेवा, पशु सेवा, स्वास्थ्य परिक्षण, प्रविधी हस्तान्तरण, जनचेतना लगाएतका सेवाहरु सेवाग्राहीले पाउन कार्यालयले जनाएको छ । शिविरमा गौश्वारा लगाएत अन्य छिमेकी गाविसका नागरिकहरुले पनि सेवा लिन सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!