जसले गुल्मीको नेटावासीलाई आँशुको पोखरीमा डुवाएर विदा भए

Posted on: 13 Nov, 2016

प्रेम सुनार । कात्तिक–२८, गुल्मी । गहुँगोरो चिटिक्क परेको हाँसिलो मुहार अनि रंङ्गीलो परासीलो स्वभाव । गाउँमा नाचेर गाएर कहिल्लै नथाक्ने र दर्शकहरु उनिबाट कहिल्लै नमिच्छीने गर्दथे । 

यहि क्रममा उनी भारतिय सेनको लाहुरे बने । गाउँमा उनि विना केहि समय शुन्यता छायो । लाहुरे भएर पहिल्लो छुट्टीमा आएका उनलाई हिजोका साथी संङ्गीहरुले वरीपरी नघेर्ने त कुरै भएन, उनिसंग विवाह गर्न पाएत जिवनकै सपना पुरा हुने थियो भन्दै नकल्पीने कुनै युवतीहरु थिएनन् । 

नेपाली कांग्रेस नेटा गाविसका सभापति वोमबहादुर श्रीस्का कान्छा र प्यारा छोरा सन्देश श्रीस्को अधुरो जिवनको कथा हो यो । जसले तिहार मान्न छुट्टि लिएर आएको केहि दिन नवित्दै कार्तिक २७ गते विहान मर्निङ वाकका क्रममा गाडीले हानेर २०/२२कै अल्पआयुमै ज्यान गुमाउनु पर्यो । 

एक्कासी घाउँमा खवर आयो । सन्देशको ज्यान गयो भन्दै । सारामा रुवावासी चल्यो । अरु भन्दा पनि सवैका आँखमा सन्देशले तिहारमा गरेको रमाईलो र त्यस अघिका दिनहरुमा नाच्ने गाउने गरेको दृश्य नाचिरह्यो । डेढ वर्ष अघि मात्र भर्ति भएकोले उनको विवाहको जाँचो पाँजो मिलाउने तर्खर पनि परिवारमा चल्दै थियो । 

आखिर प्राकृतिक नियम र समयको माग न हो, उनको पनि कसैसंग गहिरो प्रेम र विवाहको सपना थियो नै होला । त्यस्तो सपना देखेर वसेकी उनकी प्रेयसी थिईन भने अहिले उनको अवस्था के भए होला ? 

निकै हँसिला सन्देश यो समाचारदाता दुई वर्ष अघि नेटामा जाँदा आफु मेरो फ्यान भएको भन्दै ओझेलका खवरका विषयमा हाँसो ठट्टा पनि गर्ने गर्दथे । उनको घरमा म गई राख्ने गर्दथे ।

हिष्टपुष्ट शरिर भएका सन्देश भर्ति नुहुनु पुर्व पनि गाउँका राम्रा खेलाडी थिए । अत्यन्तै मिलनसार सन्देश आँखामा राखेर नविझाउने मलम थिए । 

त्यस दिन विस्तराबाट जुरुक्क उठेर झिसमिसेमा हिड्दै गरेका सन्देशलाई खै कहाँकोा रात्री वस आयो र ड्याङ्ग हानेर भाग्यो र हामीबाट उनलाई सधैका  लागि चुड्यो ।  अहिले हामी संग उनको त्यही नाचगान, हिडडुलको नखिचेको फोटो मात्रै रहेको छ । जेहोस् उनले गाउँमा नाच गान गर्दाको र एउटा लाहुरे छँदाको तस्वीर भने सम्झनाका लागि छाडेर गएका छन् । तिनै तस्वीरहरु नै उनलाई सधै सम्झाई रहने माध्यम बन्ने छन् । हार्दिक श्रद्धाञ्जली सन्देश तिमी हाम्रो स्मरणमा सधै रही रहने छौं । वस यति नै, सन्देश ओझेलका खवर भन्ने तिम्रो प्रिय दाजु प्रेम सुनारको तर्फबाट... 

यस बिषयमा तपाइको प्रतिक्रिया...!