अन्तराष्ट्रिय बाल अधिकार दिवस डोटीमा पनि मनाइयो

Posted on: 20 Nov, 2016

मंसिर ५, डोटी | अन्तराष्ट्रिय बाल अधिकार दिवस डोटीमा पनि मनाईएको छ । बाल बालिकाको इच्छा, विबाह हैन शिक्षा भन्ने मुल नाराका साथ आईतबार जिल्लाका बिभिन्न बिद्यालयमा दिवश मनाएको हो । 

दिबशका अवसरमा डोटीका १९ वटा बिद्यालयमा हाजीरी जवाफ, बक्तृत्वकला,भलिबल र साँस्कृति कार्यक्रम गरी मनाएको सामुदायिक विकास केन्द्र सम्भव कार्यक्रमकका  कार्यक्रम अधिकृत  शतिस गुरुङले जानकारी दिनु भयो ।

युनिसेफ,रेशलेस डिप्लोमेन्ट नेपाल र सामुदायिक विकास केन्द्र ( सिडिसि) डोटीको आर्थिक सहयोग तथा १९ वटा बिद्यालयको आयोनमा बिभिन्न कार्यक्रम गरी मनाएको छ । दिल्पेश्वर माध्यमिक बिद्ययालय, कुमालिकोट माध्यमिक बिद्यालय, घण्टेश्वर माध्यमिक बिद्यालय, शारदा माध्यमिक बिद्यालय, केदारेश्वर माध्यमिक बिद्यालय, मष्टेश्वर माध्यमिक बिद्यालय, इन्द्र माध्यमिक बिद्यालय, शाजेन्द्रश्वर माध्यमिक बिद्यालय, जनता माध्यमिक बिद्यालय, रघुनाथ माध्यमिक बिद्यालय, केदार माध्यमिक बिद्यालय, महा-सरस्वति माध्यमिक बिद्यालय, घण्टेश्वर माध्यमिक बिद्यालय, राम पुर माध्यमिक बिद्यालय, सिद्धेश्वर माध्यमिक बिद्यालय, सिता राम माध्यमिक बिद्यालय, राधा कृष्ण माध्यमिक बिद्यालय, लाटामाण्डौ र सरस्वति माध्यमिक बिद्यालयमा अन्तराष्ट्रिय बाल अधिकार दिबश मनाएको सो बिद्यालयका शिक्षकहरुले बताएका छन् ।

बिभिन्न बिधामा भएको प्रतियोगितामा प्रथम, द्धितृय, तृतिय र षान्तोना हुनेलाई बिद्यार्थिहरुलाई पुरुस्कारको व्यवस्था सहयोगिा संस्थाहरुले गरेको बिद्यालले जनाएको छ । सिडिसि डोटी द्धारा सञ्चालित सम्भव परीयोजनाको कार्य क्षेत्रमा उक्त कार्यक्रम गरीएको पाईएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!