अबैध ड्रोन क्यामरा उडाएको अभियोगमा तिन जना अमेरीकी नागरीक पर्वतमा पक्राऊ -भिडियो सहित

Posted on: 28 Nov, 2016

पर्वत । पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारमा अबैध ड्रोन क्यामरा उडाएको अभियोगमा दुइ अमेरिकी र एक विट्रिस  नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रोबर्ट माइकल म्याम्टोन, हल स्पेन्सर हैरिसन अमेरिक नागरिक र लरी दाऊदले ओसबोर्नल विट्रिस नागरिक रहेका छन् ।
मुस्ताङबाट फर्किएका उनीहरुले कुश्माका अग्ला पुल बडागाउँ कैया झोलुङ्गे पुल र बडागाउ मुडिकुवा झोलुङ्गे पुल आसपासमा अबैध रुपमा ड्रोन क्यामेरा उडाएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
कुश्मामा अबैध रुपमा ड्रोन चलाएको अभियोगमा तीन अमेरिकी नागरीक पक्राउ परेका छन् । उनीहरुले जिल्लाका अग्ला पुलको आसपासमा ड्रोन उडडाएका थिए ।
स्थानीयबासीले ड्रोन क्यामरा देखेपछि जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुखसँग कुरा गर्दा त्यो पर्वतमा अनुमती नलिएको पाईएको थियो ।
ड्रोन क्यामरा उडाएको क्षेत्र सुरक्षाको हिसाबले सम्बेदनशील शसस्त्र प्रहरी बल चण्डिका गण नजिकै पर्छ । प्रहरीले ड्रोनबाट खिचेका सामाग्री नष्ट गर्न लगाएको बताएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक शेखर खनालले ड्रोनबाट कुश्मा, अग्लो पुल र वरपरको भिडीयो खिचिएको छैन । उनीहरुले क्यामराले नै अरु भिडीयो खिचेको बताएका छन । ड्रोन क्यामरा भने अनुमति बिना चलाएको पाइएकोले प्रहरीले नै नियन्त्रणमा राखेको छ । ‘कागजात लिएर आएपछि फिर्ता गर्छौ’ प्रहरी प्रमुख प्रनाउ खनालले भने । तीनै जनालाई भने छोडिएको छ ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!