डडेल्धुराको बगरकोट स्थीत कैलपाल बिद्यालयलाई कम्प्युटर सहयोग

Posted on: 16 Dec, 2016

पुस १, डडेलधुरा | डडेल्धुराको बगरकोट गाबिस–न्यालेक शानका एक जना युवाले कैलपाल निम्न माबि न्यालेक पोलाईलाई कम्प्युटर लगायतका अन्य स्टेशनरी सामाग्रीहरु प्रदान गरेका छन । 

राप्रप्रा सन्निकट प्र्रजातान्त्रिक युवक सगंठनका केन्द्रिय सदस्य, शिक्षाप्रेमी तथा समाजसेवी स्थानिय सुनिल बिष्टले शुक्रबार बिद्यालयलाई ७० हजार रकम बराबरका कम्प्युटर, फोटोकपी मेसिन लगायतका अन्य सर–सामाग्रीहरु प्रदान गरेको हो । स्थानिय रुप सिंह बिष्टका छोरा सुनिल सोही बिद्यालयका पूर्व बिद्यार्थी हुन । उनी अहिले काठमाण्डौमा अध्यनरत छन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!