पर्वतका सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरिने

Posted on: 03 Jan, 2017

पर्वत, १८ पौष ÷ शिक्षा क्षेत्रमा शैक्षिक सुशासन कायम गर्नका लागि पर्वतका सम्पूर्ण सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरिने भएको छ । शिक्षकहरु विद्यालयमा नआउने गुनासोलाई कम गर्न जिल्ला शिक्षा कार्यालयले सबै विद्यालयमा विद्युतीय हाजिरी जडान गर्न निर्देशन गरेको हो ।


सोही बमोजिम पहिलो चरणमा   नगरपालिका भित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा विद्युतीय हाजिरी जडान गरिने जिल्ला शिक्षा अधिकारी  रमेशराज पौडेलले जानकारी दिए । नगरपालिका भित्र रहेका २२ ओटा माध्यमिक विद्यालयमा माघ महिनाभित्र विद्युतीय  हाजिरी जडान गर्न निर्देशन दिएको उनले बताए । नगरपालिका बाहिरका ७० विद्यालयमा पनि विद्युतीय हाजिरीलाई प्राथमिकता दिने तथा विद्यालयमा सिसीटिभी जडानका लागि पनि तत्काल पहल थाल्ने पौडेलको भनाई छ ।


हाल नगरपालिका भित्र रहेका न्वार सुवेदी माध्यमिक विद्यालय, मंगलोदय मावि र शिवालय माध्यमिक विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरिसकिएको छ । 

शिवालयमा सोमबार मात्र विद्युतीय हाजिरी मेसिन जडान गरिएको  हो । विद्युतीय हाजिरीले शिक्षकहरुमा थप जिम्मेवारी बढाउने तथा विद्यालय समयसम्म नै शिक्षक विद्यालयमा रहने प्राचार्य भूपेन्द्र चापागाईंले जानकारी दिए । विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि समेत यसले सहयोग गर्ने उनले बताए ।


उक्त विद्युतीय हाजिरी मेसिनको अक्सफोर्ड ल्याङ्गवेज तथा कम्प्युटर ईन्स्टिच्युटका सञ्चालक मिलन पौडेलले सहयोग गरेका हुन् । मेसिनको लागत ३३ हजार रहेको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर गिरीको सभापतित्वमा सञ्चालित कार्यक्रममा विद्यालयका प्राचार्य भूपेन्द्र चापागाईको स्वागत तथा शिक्षक आनन्द पौडेलले सञ्चालन गरेका थिए ।


कार्यक्रममा जिल्ला शिक्षा कार्यालय पर्वतका शाखा अधिकृत राजेन्द्रबहादुर क्ष्ोत्री, स्रोत व्यक्ति प्रेम शर्मा सुवेदी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र विद्यार्थीहरुको उपस्थिती            रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!