हिमपातसहित चिसो बढेपछि सत्य साहिरामद्वारा कम्मल बितरण

Posted on: 16 Jan, 2017

दान बहादुर बुढा/माघ ३, मुगु । आईतबार बिहान स्कासी मुगुमा हिमपात परेको । जिल्लामा रहेका २४ गाबिसमा  नै हिमपात परेको छ । हिमपातले गर्दा अत्याधिक चिसो बढेको छ । चिसोको कारण गमगढी बजार लगाएत दुर दराजमा रहेका गाउबस्तीहरुमा बस्ने मानिसहरुको जनजिबनमा कष्टकर भएको छ । 

चिसो अत्याधिक बढे पछि श्री सत्य साहीराम केन्द्रले गमगढी जिल्ला प्रहरी कार्यालयमा रहेका बिभिन्न अपराध कार्यामा लागी पूपक्षकालाी रहेका ९ जना कैदी, लगाएत बृद्घ, एकल महिला पुरुष,असाहे टुहुरा सडक बालबालीबाहरुलाई एक एक कम्मल सहित ५० बटाकम्मल बितरण गरेको सत्य साहिराम केन्द्रकी अध्क्षय चेतना शाहीले जानकारी दिएकि छन  ।

आज गमगढीको तापक्रम न्यूनतम २.० अधिकतम १४.४ तापक्रर रहेको गमगढी तापक्रम मापन केन्द्रले जनाएको छ । केही बर्ष पहिला देखी यता माघ महिना बाट हिमपात प्रने गरेको स्थानिय बासीहरुको रहेको छ ।

गत कार्तिक महिनाबाट पानीसमेत नपरी आइतबार बिहान एक्कासी हिमपात सदरमुकाम गमगढी सम्म परेको छ । मुगु लगाएत कर्णालीका जुम्ला, हुम्ला, कालीकोट, डोल्पामा समेत भारी हिमपात परेको छ भने मानबिय र चौपायमा कुनै पनि क्षति नभएको जिल्ला प्रशासन कायालय मुगुले जानकारी दिएको छ । 

हिमपातले जनजिवनमा कष्टकर बनाए पनि खेतिपाति गर्ने कृषकहरुको लागी राम्रो भएको छ भने खेतमा लगाएको बाली राम्रो आशाले कुषकहरु धेरै खुसी भएका छन ।

हिमपात परेपछि आइतबार गमगढी बजार लगाएतका सरकारी कार्यालय, बिद्यालय समेतमा प्रभाव परेको छ । हिमपात परेपछि गमगढी बजारमा बच्चाहरु लागयत यूवाहरु हिमपातमा रमाईरहेका छन ।  हिमपातको कारण रारा ताल्चा बिमानस्थाल र गमगढी नाग्म सडक समेत अअवरुद्ध समेत भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!