अग्निपिडितलाई ईङनाम बन्दु बेलायतको सहयोग

Posted on: 20 Jan, 2017

अमृत बास्तोला, माघ ७, तेह्रथुम । तेह्रथुमको आठराई संक्रान्तिबजारमा गत पुस १ गते भएको भिषण आग्लागीका अग्निपिडित परिवारलाई शुक्रबार ईङनाम ईवाहाङ बन्दु समिति तथा चेलीवोटी समाज बेलायतबाट सहयोग रकम उपलब्ध भएको छ । संक्रान्तिबजार स्थित ईलाका प्रहरी कार्यालयमा एक कार्यक्रमको बिच समाजका अध्यक्ष सेरबहादुर ईङनामले “संक्रान्तिबजार पुर्नः निर्माण तथा पुर्नः स्थापना” कोषमा २ लाख ७४ हजार ५ सय ६७ रुपैया उपलब्ध गराइएको जानकारी दिनु भयो । बेलायत निवासी प्रवासी ईङनाम ईवाहाङ बन्दुहरुबाट समाजको अभियान राहत स्वरुप सहयोग रकम संकलन गरिएको समाजका अध्यक्ष ईङनामले जानकारी दिनु भयो । 

पुस १ गते भएको भिषण आग्लागिबाट संक्रान्तिबजारका ३२ घर सहित ७३ परिवार विस्थापित भएका थिए । आगलागीबाट १४ करोड ८ लाख रुपैया बराबरको क्षति भएको छ । अग्निपिडित परिवारलाई विभिन्न सरकारी तथा गौर सरकारी संघ संस्था र प्रवासी नेपालीहरुबाट राहत स्वारुप जिन्सी तथा नगद आउने क्रम जारी छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!