जनजाती संघको छैठौ जिल्ला अधिवेशन सुरु

Posted on: 19 Feb, 2017

फागुन ८, मुगु । नेपाली काँग्रेस निकट आदिवासी जनजाती संघ जिल्ला कार्य समिति मुगुको छैठौं जिल्ला अधिवेशन शनिवारबाट सुरु भएको छ ।

पुर्वी करानका पाँच गाविसमा मात्र जनजातीको बसोवास रहेकाले उनिहरुको पहुँच पुग्ने स्थान पुलु गाविसको पुलुमा सुरु भएको उद्घाटन सत्रमा सहभागि हुन काँग्रेसका जिल्ला स्तरिय नेता कार्यकर्ता पुलु पुगेका छन । 

अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै काँग्रेस सभापति खडकबहादुर शाहीले सरकारले स्थानीय चुनावको मिति चाँडै घोषणा गर्न लागेकाले आगामि निर्वाचनमा बहुमत प्राप्त गर्न चुनावी तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन । 

शनिवार उदघाटन गरिएको जनजाती संघको छैठौ अधिवेशनको आईतवार बस्ने बन्द सत्रले ३१ सदस्यीय नयाँ कार्य समिति चयन गर्ने काँग्रेसका पुर्व कार्य समिति सचिव रतनबहादुर शाहीले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!