प्रतीक्षालयमा एक पुरुष मृत फेला

Posted on: 24 Feb, 2017

फागुन १३, चितवन । चितवनको रत्ननगर नगरपालिका–८ स्थित भानुचोकमा एक पुरुष मृत भेटिएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार भानुचोकस्थित प्रतीक्षालयमा अन्दाजी ४५ वर्षका जस्तो देखिने पुरुष मृत भेटिएका हुन् । उनको पहिचान खुलेको छैन । 

स्थानीयवासीले दिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक दयाकृष्ण भट्टको नेतृत्वमा गएको प्रहरी टोलीले शवको मुचुल्का गरी अहिले शवपरीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको जनाएको छ । 

माथि चेक सर्ट, कालो कोट, तल कालो पाइन्ट लगाएको पुरुष व्यक्ति भएकाले यस्तो कपडा लगाएको व्यक्ति कोही हराएको भए प्रहरीमा सम्पर्क गरी शव बुझ्न आज एक सूचनामार्फत प्रहरीले आग्रह गरेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!