रोजगारी श्रृजनाका लागि रास्कोटमा हाउस वाईरिंग तालिम

Posted on: 29 Mar, 2017


दलसिंह गिरी/चैत १६, कालिकोट । ग्रामिण क्षेत्रमा रहेको बेरोजगार युवाहरुलाई इलेक्टोनिक ब्यवशायमा अग्रसर गराउन १ महिने हाउस वाईरिंग तालिम दिइएको छ । 

सहयोगी हातहरुको समूह (सहास) नेपालले सिफल्स परियोजना मार्फत १ महिने हाउस वाईरिंग तालिम दिएको हो । ग्रामिण क्षेत्रका सिपखाना, मुम्रा मेहलमुडी र रकुका युवाहरुलाई यहि गएको फागुन १२ गते देखि पोतमारामा तालिमको उद्घाटन गरी यहि चैत्र १२ गते एक समापन कार्यक्रमको आयोजना गरी तालिम सम्पन्न भएको छ । तालिमको सहजिकरण एभरेष्ट टेडिंग सेन्टरका प्रोपराईटर धनगिरी शाहीले गर्नु भएको छ भने तालिममा ४ जना युवाहरुको सहभागि रहेका छन् ।

स्वदेशमै बसेर रोजगारीको अवसर श्रृजना गर्ने, स्थानिय स्तरमै सेवा प्रवाह गर्ने, दक्ष जनशक्ति स्थानीय स्तरमै उत्पादन गरी बिद्युत सम्बन्धिका सानातिना समस्याहरुलाई समाधान गर्ने हेतुले संचालित तालिममा सिपखाना, मुम्रा, मेहलमुडी र रकुका एक एक गरी ४ जना सहभागी रहेका छन् । १ महिना सम्म संचालित तालिम समापनको प्रमुख आथित्यता नेपाल बिद्युत प्राधिकरणका सूर्य बहादुर के.सी.ले गर्नु भएको छ भने अध्यक्षता सहास नेपालका परियोजना अधिकृत नमराज संज्यालले गर्नु भएको छ ।


समापन कार्यक्रममा बोल्दै तालिमका सहभागिहरुले तालिमको अबधिमा सिकेको सिपलाई आधार मान्दै अब ब्यवशायिक कार्ययोजना निर्माण गरी तालिममा सिकेको सिपलाई निरन्तरता दिने प्रतिबद्धता गरेका छन् । 

तालिमका सहभागीहरुले ब्यवशायिक योजना निर्माण गरी ब्यवशायलाई अगाडी बढ्न सके प्रोत्सान स्वरुप थप लगानी गर्ने परियोजना अधिकृत नमराज संज्याले बताउनु भएको छ । १ महिने तालिम समापन संगै तालिमेहरुलाई वाईरिंगका लागि चाहिने आवश्यक औजार उपकरणहरु उपलब्ध गराईएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!