लमजुङमा विषालु च्याउ खाँदा ११ बर्षीय बालिकाको मृत्यु

Posted on: 04 Apr, 2017

चैत २२, लमजुङ । विषालु च्याउ खाँदा लमजुङमा एक बालिकाको मृत्यु भएको छ । 

मध्यनेपाल नगरपालिका–५ रम्घा जगनपुरकी ११ वर्षीया सङ्गीता थापाको मृत्यु भएको हो । घर नजिकैको जङ्गलबाट च्याउ ल्याएर सोमबार साँझ तरकारी खाएपछि थापासहित उनका परिवारका पाँच जना बिरामी भएका थिए । बिरामी भएका थापा परिवारलाई छिमेकीले उपचारका लागि पोखरा लगेका थिए । 

थापाको पोखरा गण्डकी अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो । च्याउ खाएर बिरामी भएका अन्य चार जनालाई उपचारपछि घर ल्याइएको प्रहरीले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!