डडेलधुरा बहुमुखी क्याम्पसमा तालाबन्दी, पढाइ ठप्प

Posted on: 22 Mar, 2016

चैत ९, डडेलधुरा । डडेलधुरा बहुमुखी क्याम्पसमा विभिन्न विद्यार्थी संगठनले १८ दिन अघि देखि गरेको तालाबन्दीका कारण क्याम्पसका सम्पूर्ण गतिविधि ठप्प भएका छन । त्रिभुवन विश्वविद्यालयको सबैभन्दा कान्छो आंगिक क्याम्पस डडेल्धुरा बहुमुखी क्याम्पसमा तालाबन्दी भएपछि पठनपाठन लगायतको सबै कामकाज ठप्प भएका हुन । अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु छैंटौं र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन । तालाबन्दी भएको १८ दिन भईसक्दा पनि सरोकारवाला कसैको ध्यान नपुगेकाले विद्यार्थीलाई समस्या भएको छ । क्याम्पस प्रमुखको स्वेच्छाचारी प्रवृत्तिले शैक्षिक वातावरण खस्किदै गएको भन्दै विद्यार्थी संगठनहरुले तालाबन्दी गरेको डडेल्धुरा बहुमुखि क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति विश्वेश्वरप्रसाद ओझाले जानकारी दिए ।

यसैबिच क्याम्सको तालाबन्दि खोली पठनपाठन सुचारु गर्न माग गर्दै क्याम्पसमा अध्ययनरथ बिद्यार्थीहरुले आज ¥याली निकालेका छन । उनिहरुले क्याम्पसको विवाद साम्य पार्नु पर्ने, पठनपाठन शुचारु गर्नेु पर्ने क्याम्पसमा लगाएको तालाखुलीनु पर्ने , लगायतका नारा लगाएका थिए । ¥यालीमा चर्कानारा संगै क्याम्पसमा पठनपाठन शुचारुको माग राख्दै जिलला प्रशासन कार्यालय डडेल्धुराद्धारा उच्च शिक्षा परिसदमा विज्ञप्ति बुझाएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!