नेपालको वर्तमान राजनीतीक परिस्थिती र राष्ट्रीय स्वाधीनताको सवाल बारेमा छलफल

Posted on: 25 Apr, 2016

बैशाख १३, डडेल्धुरा । नेपालको वर्तमान राजनीतीक परिस्थिती र राष्ट्रीय स्वाधीनताको सवाल बारेमा डडेल्धुरा आज छलफल गरिएको छ । नाकाबन्दीले पेट्रोलियम पदार्थ तथा एलपी ग्याँसको अभावले आपत्तिविपत, कलोबजारी भ्रष्टाचारी र महँगाई लगायतका बिषयमा छलफल गर्ने उद्धेश्यले देश भक्त संघीय जनबादी मार्चाल छलफलको आयोजना गरेको हो ।

कार्यक्रममा जनआक्रोशको अबस्था, नवऔपनिवशीक अबस्था, जल सम्पदामा औपनिवशीकरण, जनबिधुत परियोजनामाथी भारतीय एकाअधिकार, भारतीय बजारेको प्रत्यक्ष हस्तक्षेप, नेपालमा भारतको सुक्ष्म ब्यवस्थापन, सिमा अतिक्रमण र हस्तक्षेप लगायतका बिषयमा बिशेष छलफल भएको थियो । कार्यक्रममा नेकपा एमाले डडेलधुरा अध्यक्ष डा.तारा जोशी, देश भक्त संघीय जनबादी मार्चाका केन्द्रिय उपाध्यक्ष शकर खडका, पत्रकार महासंघ,लगायतको उपस्तीथी रहेको नेकपा माओवमादी जिल्ला संयोजक दिपक भण्डारीले जनकारी दिनु भयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!