जिल्ला शिक्षा कार्यालय कास्कीमा तालाबन्दी

Posted on: 28 Apr, 2017


वैशाख १५, पोखरा  | निजी विद्यालयले शुल्क वृद्धिलाई लिएर आन्दोलनरत विद्यार्थी संगठनले शुक्रबार जिल्ला शिक्षा कार्यालय कास्कीमा तालाबन्दी गरेका छन् । उनीहरुले बढाएको शुल्क फिर्ता नगरे आन्दोलनलाई अझ शसक्त बनाउने बताएका छन् ।

विद्यार्थी नेताहरुले विहीबार कास्कीको प्याब्सन र एन प्याब्सनको कार्यालयमा तालाबन्दी, बुधबार शुल्क वृद्धि गर्ने विद्यालयमा ताला बन्दी गरेका थिए । संयुक्त विद्यार्थी संगठनहरुले बढाएको शुल्क फिर्ता नगरे १७ गते देखि सरकारी सवारी नियन्त्रणमा लिने अनेरास्ववियु कास्कीका अध्यक्ष शेखर गौतमले बताए । उनले सरकारी सवारीलाई नियन्त्रणमा लिई आफुहरुका माग पुरा नभए सम्म नियन्त्रणमा राख्ने बताए । जबसम्म माग पूरा हुदैन तबसम्म आन्दोलन जारी रहने गौतमले बताए ।

जिल्ला शिक्षा कार्यालय कास्कीमा तालाबन्दी पछि विद्यार्थी नेता रश्मि आचार्य जुनसुकै हालतमा पनि वृद्धि भएको शुल्क घटाउने र सर्भसुलब शिक्षा प्रतिको आन्दोलन अगाडि बढाउने बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!