उदयपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु

Posted on: 09 May, 2017

बैशाख २६, उदयपुर । उदयपुरको कटारी नगरपालिका–११ हरबेनी बस्ने वर्ष ४७ का भेषबहादुर खत्रीको आज बिहान ९ बजे घरमा चिया खाइरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको छ । 

त्यसैगरी, कटारी–११ गहुँबारीको काफलडाँडा बस्ने वर्ष ५५ का बलबहादुर बस्नेतको पनि घरको दलानमा चट्याङ लागेर मृत्यु भएको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक नरबहादुर केसीले बताउनुभयो । 

अहिले मृतकको शव लिन प्रहरी घटनास्थल पुगेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!