माओवादी केन्द्रका केन्द्रिय सदस्य मास्के एमालेमा प्रवेश, माओवादीमा व्यक्तीगत निर्णय हाबी !

Posted on: 25 Jun, 2017

पर्वत,  । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अनिल मास्के नेकपा एमालेमा प्रवेश गरेका छन् । दक्षिण पर्वतको बिहादी गाउँपालिका स्थित रानीपानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनि नेकपा एमालेमा प्रवेश गरेका हुन् ।


जीवनको उर्जाशील समयसम्म नेकपा माओवादी केन्द्रमा लागेपनि मुलुक र जनताका लागि राम्रो काम गर्न नसकेको भन्दै एमालेमा प्रवेश गरेको मास्केले बताए । उनले अब नेकपा एमालेमा रहेर सक्रियता पूर्वक राजनीतिक गर्ने बताए ।


एमाले नेतृत्वले लिएको राष्ट्रियता प्रतिको अडान र मुलुक निर्माणमा एमालेको भूमिका लगायतका विषयले आफु प्रभावित बनेर एमालेमा प्रवेश गरेको मास्केको भनाई थियो । उनले माओवादीमा व्यक्तीगत निर्णयको हाबी भएकाले आफुलाई त्यो परिपाटी सैह्य नभएर एमालेमा आएको खुलासा गरे ।


माओवादीका मुख्य गढको रुपमा रहेको रानीपानीबाट एमालेमा पार्टी प्रवेश गर्नेमा मायादेवी भट्टराई, यज्ञप्रसाद भट्टराई, प्रविण क्षेत्री, तिर्थराज भट्टराई, चुणामणी पराजुली, गोविन्द मास्के, ओम मास्के र अमृत पराजुली रहेका छन् ।


त्यसैगरी नेपाली काँग्रेसवाट जयन्तीदेवी गिरी, रणबहादुर क्षेत्री, मनबहादुर क्षेत्री लगायत एमालेका प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई नेकपा एमालेका युवा नेता तथा सांसद विकास लम्सालले फुलमाला लगाएर स्वागत गरेका थिए ।


सो अवसरमा बोल्दै सांसद लम्सालले स्थानिय तहको चुनावपछि नेकपा एमाले मुलुकको पहिलो शक्ति बन्ने विश्वास व्यक्त गर्दै एमालेमा बाहेक अन्य कुनै पार्टीमा भबिष्य नभएको भन्दै अन्य दलका नेताहरु प्नि एमालेमा आएर जनताको सेवामा लाग्नुपर्नेमा जोड दिए ।

उनले नेकपा एमालेसँग मात्रै मुलुक निर्माण गर्ने शक्ति भएको बताउँदै पछिल्लो समय मुलुकभर एमालेप्रति आम कार्यकर्ताहरुको आकर्षण बढ्दै गएको बताए । कार्यक्रममा विहादी गाउँपालिकाका अध्यक्ष कमल भुसालको समेत सहभागिता थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!