परीक्षाफल प्रकाशित

Posted on: 26 Jun, 2017

असार १२, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ पुस/माघमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको भूगोल र जेन्डर स्टडिज विषयको परीक्षाफल आइतबार प्रकाशित गरिएको छ ।

उक्त परीक्षाको परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.npwww.educationkhabar.com मा पनि हेर्न सकिने छ। यसलाई नेपाल टेलिकम को १६०२ मा डायल गरेर समेत थाहा पाउन सकिनेछ । 

साथै MA ७२ टाइप गरी ३४९४९ मा SMS गरेर पनि थाहा पाउन सकिनेछ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!