पोखराकी एक महिला ९ दिनदेखि बेपत्ता

Posted on: 09 Jul, 2017

असार २५, पोखरा । पोखरा–लेखनाथ महानगरपालिका–९ पृथ्वीचोकबाट नौ दिनदेखि एक महिला बेपत्ता भएकी छिन् । 

गत असार १६ गते दिउँसो कोठाबाट हिँडेकी ३४ वर्षीया पार्वती बराल आजसम्म पनि कोठामा नफर्केको उनका श्रीमान् यमप्रसाद बरालले जानकारी दिनुभयो । 

महानगर–२२ पुम्दीभुम्दी घर भएका बराल परिवारले सो ठाउँमा रेस्टुराँ व्यवसाय गर्दै आएका र पार्वतीको चिनेजानेका र आफन्त सबैकहाँ सोधपुछ गर्दासमेत फेला नपरेको बताइएको छ । 

श्रीमान् यमप्रसादले श्रीमतीको खोजी गरिदिन प्रहरीमा निवेदन दिएको बताउनुभयो । पार्वतीले रेस्टुराँमा लेखाको काम गर्दै आएकी थिइन् । घरमा झैझगडा केही पनि नभएको यमप्रसादको भनाइ छ । रासस 




यस बिषयमा तपाइको प्रतिक्रिया...!