दलितलाई विभेद र कुटपिट गर्ने एक लाख धरौटीमा छुटे

Posted on: 23 Jul, 2017

प्रेम सुनार/साउन ८, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर ४ मा  असार २४ गते स्थानिय  दलित कर्णबहादुर नेपालीलाई छुवाछुत विभेद गर्दै निर्घात  कुटपिट गरेका आमा छोरा आज जिल्ला अदालतमा एक लाख रुपैयाँ धरौटी राखेर छुटेका छन् ।

हाल सम्म प्रहरीको हिरासतमा रहेका आरोपी शोभा कार्की र उनका छोरा कृष्ण कार्की ५०/५० हजार धरौटी झुण्डाएर निस्केका हुन् । छुवाछुत विभेद र कुटपिटको मुद्धा अदालतमा दायर गरी उनिहरुलाई कार्वाही प्रकृया अगाडी बढाईको छ ।

यस अघि छुवाछुद विभेद सम्वन्धी दलितका मुद्धा दर्ता गर्न आनाकानी गर्ने गरेको र यसपाली  जिल्ला प्रहरी कार्यालय गुल्मीले विना आनाकानी स्वतःस्र्फुत  मुद्धा दर्ता गरेर उदाहरणीय काम गरेको दलित अधिकारकर्मी धर्म बिश्कर्माले बताए ।

उक्त घटनाका सम्वन्धमा स्थलगत  अध्यान गर्न गुल्मी आएका राष्ट्रिय दलित आयोगका सदस्य मनजित ताम्राकारले यहाँको प्रहरी र सरकारी वकिलको  कार्यालय निकै सकरात्मक आफुहरुले पाएको प्रतिकृया दिए । उनले दलितका  छुवाछुत  मुद्धामा  यति ठुलो रकम धरौटी राखेको यो पहिलो भएको बताउँदै जिल्ला अदालत गुल्मीले  पनि  छुवाछुद विभेद विरुद्ध स्वागत योग्य कार्यको  संकेत दिएको उनको भनाई थियो ।

उनि सहित विभिन्न दलित अधिकारकर्मी घटना स्थल मुसिकोटको हलोगाडेमा पुगी दुवै पक्ष संग सत्य तथ्य बुझेर फर्किएका छन् । उक्त घटना  छुवाछुत विभेदबाटै घटेको उनिहरुको निश्कर्ष रहेको छ ।  

उनिहरुले चन्द्रकोट वडा नम्वर ५, ग्वाघाका वडाध्यक्ष टेकबहादुर पुनले स्थानिय अपाङ्ग दलित  मनबहादुर बिकलाई साउन १ गते घरमै गएर कुटपिट गर्ने घटना विरुद्ध पनि आफुहरुको गम्भीर ध्यानकार्षण भएको बताएका छन् ।

वडाध्यक्ष जस्तो जिम्मेवार जनप्रतिनिधीले अपाङ्ग दलितलाई कानको जाली फुट्ने गरी गरेको कुटपिटको  फौजदारी अभियोगलाई ईलाका प्रहरी कार्यालय चन्द्रकोटले १३ हजार ४ सय १० रुपैयाँ पिडितलाई दिलाएर मिलाउनु कानुन विपरित भएको  जनाउँदै यहाँको जिल्ला प्रशासन र प्रहरी प्रमुखलाई  पुनः छानविन  गरी कार्वाही प्रकृया अगाडी बढाउन आग्रह गरेका छन् ।

वडाध्यक्ष विरुद्ध आज जिल्ला प्रहरी कार्यालयमा  पिडितले जाहेरी दिएको मुद्धाफाँटका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जनाकारी दिए । वुटवलमा गरेको घाजाँचले मात्र नपुेर आज जिल्ला अस्पतालमा समेत घाँ जाँच गराउँदा बिकको कानले ९५ प्रतिशत श्रवणशक्ती गुमाएको पुष्टी भएको प्रहरीले जनाएको छ ।

उनको कानको उपचार हुन पनि सक्ने र श्रवणशक्ति गुम्न पनि सक्ने त्यस अस्पतालका डाक्रले बताएको अधिकारकर्मी कमला वरालले  बताईन् ।  पिडित बिकले चन्द्रकोट प्रहरी कार्यालयमा ठुलो संख्यामा वडाध्यक्ष पुन पक्षका मानिसहरु आएर आफुलाई बोल्नै नदिई जवरजस्ती उक्त रकममा मिल्नु पर्ने सहमति पत्र बनाएको बताउँ छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!