२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पन्जाबी गायक सिद्धु मूसेवालाको हत्याका मास्टर माइन्ड अमेरिकामा मारिए

२०८१, १९ बैशाख बुधबार ११:२४

वैशाख १९,  नयाँ दिल्ली । पन्जाबी गायक सिद्धु मूसेवाला हत्या प्रकरणको मुख्य अभियुक्त गोल्डी बरारको हत्या भएको छ । उनको अमेरिकामा गोली हानी हत्या भएको भन्दै भारतीय सञ्चारमाध्यमहरूले समाचार छापेका छन् । गोल्डी हत्याको जिम्मा डल्ला–लखवीर गिरोहले लिएको छ ।


पन्जाब पुलिसमा थिए बरारका पिता

गोल्डी बरारको वास्तविक नाम सतिन्दरजीत सिंह हो । उनी १९९४ मा पन्जाबको मुक्तसर साहिब जिल्लामा जन्मिएका थिए । गोल्डीका पिता पन्जाब पुलिसका रिटायर्ड सब इन्स्पेक्टर हुन् । पन्जाबी गायक सिद्धु मूसेवालाको हत्यापछि मिडियामा उनको नाम चर्चामा थियो । तर यसअघि पनि उनको नाम हत्या र अपराधमा मुछिएको थियो ।

मूसेवालाको २०२२ मा भएको थियो हत्या

२०२२ को मे २९ मा पन्जाबको मानसा जिल्लाको जवाहरके गाउँ नजिकै सिद्धु मूसेवालाको गोली हानी हत्या गरिएको थियो । यो हत्याको जिम्मेवारी गोल्डी बरारले लिएका थिए । मोहालीको मिड्डुखेडा हत्यामा संलग्नलाई मूसेवालाका म्यानेजरले आश्रय दिएको र मूसेवालाले आफ्नो म्यानेजरलाई सहयोग गरेको भन्दै उनको हत्या गरिएको गोल्डीले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार