१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

महानगरले निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने

२१ बैशाख २०८१, शुक्रबार ११:२९

बैशाख २१, काठमाडौँ । काठमाडौं महानगरपालिकाले लोकसेवाको परीक्षाका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ। महानगर प्रमुख बालेन्द्र साहले सामाजिक सञ्जालमार्फत महानगरपालिकाको सामाजिक विकास विभागले प्रकाशित गरेको उक्त सूचना सार्वजनिक गरेका हुन् ।

उक्त सूचनामा भनिएको छ– ‘काठमाडौं महानगरपालिका, सामाजिक विकास विभागको आर्थिक वर्ष ०८०\०८१ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत काठमाडौं महानगरवासीलाई लोक सेवा तयारी कक्षा सञ्चालन गर्नुपर्ने भएको तपसिल बमोजिमको आवश्यक कागजातसहित ७ दिनभित्र यस विभागमा आवेदन पेश गर्नुहुन आह्वान गरिन्छ ।’

तयारी कक्षामा सहभागिता जनाउन चाहने व्यक्तिहरुले नागरिकताको फोटोकपी, स्थायी बसोबास गरेको प्रमाण कागजातका साथमा खरिदार तथा नायक सुब्बास्तरको तयारी कक्षामा सहभागिताका लागि प्रमाणपत्र तहको तथा अधिकृत स्तरको तयारी कक्षामा सहभागिताका लागि स्नातक तहको शौक्षिक प्रमाण पत्र पेश गर्नु पर्नेछ ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट