बाग्लुङमा जिप दुर्घटना हुँदा चारको मृत्यु, ६ घाइते (नामावलीसहित)

Posted on: 24 Jul, 2017


प्रेम सुनार/साउन ९, गुल्मी । छिमेकी जिल्ला बागलुङको बडीगाड गाउँपालिका वडा नं ४ जलजला र वडा नं ५ ग्वालिचौरको वीचमा रहेको वादिपमा केहि समय अघि ध १ ज १८४ नंवरको यात्रुवाहक पीकअप जीप दुर्घटना भएको छ ।

दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । ६ जना घाईते भएका छन् । घाईते मध्ये दुई जनाको अवस्था गम्भीर छ । जलजलावाट खर्वाङ तर्फ आउँदै गरेको सो जिप ब्रेक फेल भई सडकवाट झण्डै ७ सय मिटर तल खसेको थियो ।

मृत्यूहुने हरुमा वडीगाड गाउँपालिका वडा नं. ४ जलजलाका हुमेन काउचा, बडिगाड गाउँपालिका वडा नं। ८ सिमाकका मुक्त पाइजा, वडा नं। ८ रणसिंह का नर वहादुर शेर्वुजा, र गाडिचालक वडिगाड ४ जलजलाका तुल वहादुर पुन रहेका छन् । तुलबहादुर पुन त्यसका चालक हुन् । 

त्यस्तै बडीगाड वडा नं ८ रणसिंह घर भई हाल ग्वालीचौर वस्दै आएका भिम वहादुर शेर्वुजा, बडिगाड वडा नं। ८ रणसिंहका टेक वहादुर पाइजा र सोहि स्थानका दिपशिखा पाइजाको अवस्था गम्भिर रहेको छ भने वडा नं। ८ कै बालमति पाइजा, दिनेश पाईजा, र पाण्डवखानी घर भई वडिगाड ५ सिमाक वस्दै आएका भिम वहादुर श्रीस घाइते भएका छन् ।

बडीगाड गाउपालिकाको बादिपमा पीकअप जीप दुर्घटना, ४ जनाको मृत्यु, ३ को अवस्था गम्भीर रहेको घटना स्थथलमा पुगेका खारा प्रहरी चौकीका असई विष्णु लम्सालले बताए । भिर एकदमै अफ्ठ्यारो भएका कारण खरको गाँज समाउँदै शव खोज्ने र घाईतेको उद्धारमा जुटिएको उनले जानकारी दिए । 

घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र ग्वालीचौरमा उपचार भैरहेको छ । घाइतेको कसैको टाउको फुटेको, कसैको मेरुदण्ड भाँचिएको तथा केहिको हात खुट्टा भाँचिएको छ। गाडिका मालिक मन वहादुर पुनले ढुँगा ओट राखि रोक्न खोज्दै गर्दा ओट नाघेर खसेको प्रत्यक्षदर्शिले वताएका छन् ।

घाईतेहरुको उद्धारका लागि हेलिकोप्टर झिकाउन प्रमुख जिल्ला अधिकारी संग कुरा भैरहेको बडीगाड गाउपालिकाका अध्यक्ष मेहरसिँह पाईजाले  बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!